अनुदानमा कार्यरत स्वास्थ्य कर्मचारीको विवरण माग
सोमबार, २५ मङ्सिर २०८०, १७ : ४९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा कार्यरत स्वास्थ्य कर्मचारीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै महानगरपालिका/नगरपालिका/गाउँपालिकामा हाल कार्य गरिरहेको स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको २०८० साल श्रावण १ गतेदेखि २०८१ साल आषाढ मसान्तसम्मको तलब भत्ताका लागि कर्मचारी विवरण माग गरेको हो ।
स्वीकृत स्थायी दरबन्दी बाहेकका कर्मचारीको विवरण ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख छ । आज बसेको मन्त्रालयको बैंठकले तोकिएको समयमा विवरण उपलब्ध नगराएमा तलब भत्ता निकाशा गर्न नसक्ने जारी सूचना मार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे
-
आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण
-
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
-
तीव्र बन्यो युक्रेनमा युद्धविरामको प्रयास, लन्डनमा भेट्दैछन् युरोपेली नेताहरू
-
माओवादीले बोलायो संसदीय दलको बैठक