विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला

काठमाडौँ । काठमाडौँ, चितवन, मोरङ लगायतका जिल्लामा सोमबार ६ जना मृतअवस्थामा फेला परेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–४ भगवती टोल डेरा गरी बस्ने प्यूठान मालारानी नगरपालिका–४ घर भएकी ४२ वर्षीया झरना बैजाली पुन मगर आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।
उता, मोरङको विराटनगर महानगरपालिका–६ रामपुर चोक बस्ने ४५ वर्षीय राजेश सहनी पनि आफ्नै घर नजिक मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका–६ बैकुण्ठपुर डेरा गरी बस्ने गुल्मी ईस्मा गाउँपालिका– ६ घर भएका ५५ वर्षीय थकारी कुमाल पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
यता, सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारस्थित पेटीमा सोही नगरपालिका–४ बाहुनचौर बस्ने ४२ वर्षीय प्रेम परियार पनि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
त्यसैगरी जाजरकोट, बारेकोट गाउँपालिका–८ लैखम बस्ने ७५ वर्षीया धनी खत्री पनि मृत अवस्थामा फेला परेकी छन् । खत्री सोही नगरपालिका–८ अँधेरीखोला भन्ने स्थानमा मृत अवस्थामा फेला परेकी हुन् ।
सबै घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान टुक्र्याउन दबाब दिने ईयूभित्र कति स्वायत्त छन् सिभिल एभिएसन ?
-
बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन
-
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै