जनकपुरमा निर्माणाधीन सहरी पूर्वाधारले गति लिँदै, साह नेतृत्वको टोलीद्वारा निरीक्षण
धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरमा निर्माणाधीन सहरी पूर्वाधारका महत्त्वपूर्ण आयोजनाहरूको निर्माण कार्यले गति लिन थालेको छ । तत्कालीन सहरी विकासमन्त्री प्रभु साहको पालामा एकीकृत सहरी आयोजनाको सुरुवात भएकामा हाल निर्माण कार्यले गति लिएको हो ।
प्रतिनिधिसभा सदस्य तथा आजपाका अध्यक्ष प्रभु साहलगायतको टोलीले सोमबार उक्त आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । सहरी मन्त्रालयबाट निर्माण भइरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरूको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको देखिएको साहले जानकारी दिए ।
आफूले सुरु गराएको आयोजना अन्तर्गत झन्डै ४० किमी सडक कालोपत्रे भएको र ८० किमी नाला निर्माण हुनुका साथै विभिन्न पोखरी सौन्दर्यकरण तथा मठ मन्दिर लगायतका पूर्वाधारको कामहरू सम्पन्न भएको उनले जानकारी दिए ।
यद्यपि आयोजनाहरूको समग्र भागको ठेक्का एकै पटक नहुँदा निर्माणाधीन आयोजनाहरूको भविष्य अन्योल भने देखिएको साहको भनाइ छ । उनका अनुसार बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको छ । त्यस्तै दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भइरहेको छ भने अहिले निर्माण भइरहेको आयोजनाहरूको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएको ।
‘यसमा सरकारको गम्भीर ध्यान जान जरुरी छ’, साहले अनुगमनपछि भने । उक्त अनुगमन तथा निरीक्षणमा मधेस प्रदेशको सभामुख रामचन्द्र मण्डल, नेकपा माओवादी केन्द्रका नेता भरत साह तथा सहरी डिभिजन प्रमुख प्रदीप खनाल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने
-
हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबिच सहकार्य
-
अब चरा गुँडमा फर्कियो
-
रोनाल्डोको दुई गोलमा अल नासरको दाबेदारी कायमै