चार महिनामा साढे ७ करोडको गहना निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा नेपालबाट साढे ७ करोड रुपैयाँभन्दा धेरेको गरगहना निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको गहना निर्यात भएको हो ।
यस अवधिमा ६ करोड १९ लाख रुपैयाँ बढीको चाँदीका गरगहना निर्यात भएको छ । यस्तै, १ करोड १७ लाख रुपैयाँभन्दा बढी रकमको सुनका गरगहना निर्यात भएको विभागले जनाएको छ । नेपालबाट विश्वका १८ वटा देशमा चाँदीका गहना निर्यात भएको छ ।
अमेरिकातर्फ ३ करोड ५१ लाख रुपैयाँको चाँदीका गहना निर्यात भएको छ । यसबाहेक, ताइवान, स्वीजरल्याण्ड, नेदरल्याण्ड, जर्मनी, भुटान, अष्ट्रेलिया लगायत अधिकांस युरोपेली देशमा चाँदीका गहना निर्यात भएको छ ।
यस्तै, सुनबाट बनेका गहना भने २ वटा देशमा निर्यात भएको छ । अष्ट्रेलियामा सबैभन्दा धेरै १ करोड २६ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, अमेरिकामा २१ लाख १७ हजार रुपैयाँको सुनबाट बनेको गहना निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
-
आन्दोलनमा उत्रिएका शिक्षकका मागहरू अस्पष्ट छन्
-
अस्पतालको आईसीयूमा रहेकी एयरहोस्टेसमाथि यौन दुर्व्यवहार
-
धरौटी रकम फिर्ता लैजान विद्यार्थीलाई त्रिविको आग्रह
-
विशेषले सफाइ दिएका दुई मुद्दाको अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन