जब अनमोलको सेटमा दीपक मनाङे पुगे
_bPKuxsYzxd.jpg)
काठमाडौँ । अभिनेता अनमोल केसी यति बेला पोखरामा छन् । फिल्म ‘फर्की फर्की’ छायाङ्कनका लागि उनी पोखरा पुगेका हुन् । विगत १५ दिनदेखि फिल्मको छायाङ्कन भइरहेको छ ।
गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि फिल्म छायाङ्कन सेटमा पुगेका छन् । उनले छायाङ्कन सेटमा अभिनेता अनमोल केसी लगायतको टिम भेटेका छन् ।
मनाङे र अनमोलको भेट फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले जुराएका हुन् । भेटलाई पाण्डेले नै सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन् । मनाङे र अनमोलबिच भेटमा हाई हेल्लो बाहेकको कुराकानी नभएको पाण्डेले बताए ।
‘दीपक दाइले फिल्म हेर्ने कुरो गर्नु भएको थियो । मैले मेरो फिल्मको सुटिङ पोखरमै छ । त्यो पनि हेरौँ । फिल्म पनि हेरौला भनेको थिए । त्यसपछि उहाँ सेटमै आउनु भयो’ पाण्डेले थपे ।
मनाङे पछिल्लो समय लगातार फिल्म निर्माणमा सक्रिय छन् । उनको प्रस्तुति रहने केही दिन अघि नयाँ फिल्म ‘कङ्गारु’ घोषणा भएको थियो ।
फिल्म ‘फर्की फर्की’मा अनमोलको अलावा र नायिका जसिता गुरुङको पनि मुख्य भूमिका छ । पोखरामा २५ दिने खिच्ने सेड्यूल रहेको फिल्मको त्यसपछि मुस्ताङ, अन्नपूर्ण बेस क्याम्प, काठमाडौँ र इन्डोनेसियाको बालीमा छायाङ्कन हुनेछ ।
सुयोग गुरुङ निर्देशक रहेको फिल्मका निर्माता रोहित अधिकारी र ओम अग्रवाल हुन् । फिल्मको रिलिज नयाँ वर्षको जेठ ११ गते तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार
-
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो