क्यासिनोले २५ लाख बैंक धरौटी राख्नुपर्ने !
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र प्राप्त गरी विदेशी विनियमको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थालाई इजाजतपत्र प्रदान गर्ने एवम् निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले विदेशी विनिमयहरू ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली संशोधन गरेको हो ।
संशोधित व्यवस्था बमोजिम इजाजतपत्र प्राप्त गर्ने बैंक तथा वित्तीय तथा अन्य कम्पनीहरूले बुझाउनुपर्ने शुल्क तथा बैंक धरौटीको व्यवस्था गरिएको छ । विदेशी विनिमय कारोबार गर्ने वाणिज्य बैंकहरुले एकमुष्ट ५ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने छ भने राष्ट्रिय स्तरका विकास बैंकहरुले एकमुष्ट एक लाख रुपैयाँ र प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले एकमुष्ट बीस हजार रुपैयाँ बुझाउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखा तथा एक्सटेन्सन काउन्टरहरूबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् ।
उपविनियम (५) बमोजिम तोकिएका शाखा तथा एक्सटेन्सन काउन्टरको अद्यावधिक विवरण सम्बन्धित संस्थाले विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र सम्बन्धित प्रदेशस्थित कार्यलयसमक्ष पेश गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
तर, प्रचलित व्यवस्था बमोजिम मर्जर वा प्राप्तिमा सहभागी भई नयाँ नाम कायम हुने इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको हकमा साबिकको इजाजतपत्र फिर्ता लिई इजाजतपत्रप्राप्त संस्थाको नाम बाहेक अन्य सम्पूर्ण ब्यहोरा साबिकको इजाजतपत्रमा उल्लेख भएबमोजिम कायम हुने गरी नयाँ इजाजतपत्र प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ । यस्तो इजाजतपत्रको लागि कुनै शुल्क लाग्ने छैन ।
अन्य फर्म, कम्पनी वा संस्थाले पनि इजाजतपत्र प्राप्त गर्न सक्ने
केन्द्रीय बैंकले संशोधित विनियमावलीमार्फत विदेशी विनिमयको कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई पनि राष्ट्र बैंकले इजाजतपत्र प्रदान गर्न सक्ने जनाएको छ । तोकिएको मापदण्डमा आवेदन आई सञ्चालकको व्यक्तिगत तथा संस्थागत आचरण नबिग्रिएको र बैंक तथा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परेको भए त्यस्तो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको हुनुपर्ने बैंकले जनाएको छ ।
होटल, रिसोर्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, कार्गो कम्पनी, ट्रेकिङ एजेन्सी लगायतका फर्म, कम्पनी वा संस्थाहरूले वा अन्य सेवा प्रदायक कम्पनी तथा संस्थाहरूले विदेशी पर्यटक तथा ऐन बमोजिम विदेशी विनिमयमा भुक्तानी गर्न सक्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वस्तु तथा सेवा बिक्री ग रे बापत विदेशी विनिमयमा हुने भुक्तानी स्वीकार गर्ने बैंकले जनाएको छ । होटलहरुले राष्ट्र बैंकले समय समयमा तोकिदिएको सीमासम्म आफ्ना ग्राहकहरूलाई नगद परिवर्त्य विदेशी मुद्राको सटही प्रदान गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
क्यासिनोले २५ लाख रुपैयाँ बैंक धरौटी राख्नुपर्ने
इजाजतपत्र शुल्क र बैंक जमानत वा नगद धरौटी सम्बन्धी व्यवस्थाले विदेशि विनिमय कारोबार गर्ने अनुमति चाहने क्यासिनोले २५ लाख रुपैयाँ नगद बैंक जमानत (धरौटी) र १ लाख रुपैयाँ इजाजतपत्र शुल्क बुझाउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट नियमानुसार अनुमति लिई नियमित नवीकरणमा रहेको क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न चाहे प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २४ महिना (२ वर्ष) अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत १ लाख राष्ट्र बैंकमा बुझाउनुपर्ने विनियमावलीमा व्यवस्था गरिएको छ ।
तर, आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोबार स्थानको लागि १० लाख रुपैयाँ बराबरको २४ महिना अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ मात्र राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।
(२) उपविनियम (१) बमोजिमको बैंक जमानतको सट्टामा सोही रकम बराबरको नगद धरौटी समेत राष्ट्र बैंकमा राख्न सकिने विनियमावलीले व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने