सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सोमबार, २५ मङ्सिर २०८०, १० : ४२

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको हो ।
यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १४१० रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
एनी कुँवरको बयान - मास्क लगाउनेलाई चिन्दिनँ, मान्छे बचाउन भिडियो बनाएँ
-
‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु