न्युक्यासलमाथि स्पर्सको गोल वर्षा, चेल्सी पराजित

लण्डन । आफ्नो खराब फर्मलाई अन्त्य गर्दै टोटनह्याम हटस्पर्सले न्युक्यासलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । स्पर्सले यसअघिका पाँचमध्ये चार खेलमा पराजय बेहोरेको थियो ।
तर, आइतबार रिचार्लिसनको दुई तथा डेस्टिनी उडोगी र सन ह्युङ मिनको एक–एक गोलको मद्दतले स्पर्सले न्युक्यासललाई पराजित गर्न सफल रह्यो । खेलको इन्जुरी समयमा जोयलिङटनले न्युक्यासलका लागि सान्त्वना गोल गरेका थिए ।
स्पर्स १६ खेलबाट ३० अङ्कसहित लिगको पाँचौँ स्थानमा रहेको छ । न्युक्यासल समान खेलबाट २६ अङ्क बटुलेर सातौँ स्थानमा छ ।
उता चेल्सीलाई हराउँदै एभर्टनले प्रिमियर लिगमा सन् २०२१ पछि पहिलोपटक लगातार तेस्रो जीत हासिल गरेको छ । आइतबारको खेलमा एभर्टन २–० गोलले विजयी बन्यो ।
पहिलो हाफ बराबरीमा सकिएपछि अब्डोले डोकुरेले खेलको ५४ औँ मिनेटमा एभर्टनलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा लेविस डोब्बिनले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।
जीतपछि एभर्टन १६ खेलबाट १३ अङ्क बटुल्दै रेलिगेसन क्षेत्रबाट चार अङ्कले माथि उक्लेको छ । चेल्सी भने १९ अङ्क बटुल्दै लिगको १२ औँ स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट