साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
सोमबार, २५ मङ्सिर २०८०, ०६ : ४३

काठमाडौँ । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । सूचना प्रथम पटक प्रकाशित मितिले ३५ दिनभित्र यातायातको प्रधान कार्यालय ललितपुरमा रीतपूर्वक दरखास्त आह्वान गरिएको हो ।
दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ । त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० (दस) वर्षको अनुभव हासिल गरेको, दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म अन्ठाउन्न वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने