बाल संगठनका विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयले छात्रवृत्ति दिने

हेटौडा । काठमाडौँ विश्वविद्यालयले बाल संगठनका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । आइतबार काठमाडौँ विश्वविद्यालय र नेपाल बाल संगठनबिच छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौता अनुसार विश्वविद्यालयले बाल संगठनमा आश्रित बालबालिकालाई छात्रवृत्ति दिने छ ।काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आइतबार आयोजित कार्यक्रममाझ विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेल तथा नेपाल बाल सङ्गठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए । १० वर्षमा नवीकरण हुने गरी दुई पक्षबिच सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बाल गृहहरुमा संरक्षित कक्षा १२ उत्तीर्ण गरेका बालबालिका मध्ये २ जनालाई काठमाडौँ विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिनेछ ।
बाल संगठनको उत्थान र प्रगतिका लागि विश्वविद्यालयले सहकार्यको वातावरण निर्माण गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । यसका लागि विश्वविद्यालयले बाल संगठनको पाँचखाल, काभ्रेमा रहेको जमिन भाडामा लिएर इन्जिनियरिङ अध्ययन तथा अध्यापनका सम्भावना खोज्ने, पुरानो भवनको जीर्णोद्धार गर्ने तथा नयाँ संरचना निर्माण गर्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन