शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ललितपुर सिटी शीर्ष स्थानमा पुग्यो

आइतबार, २४ मङ्सिर २०८०, १९ : १५
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । ललितपुर सिटी एफसी आईतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग(एनएसएल) को शीर्ष स्थानमा पुगेको छ । अपराजित टोली ललितपुरले आफ्नो पाँचौँ खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शीर्ष स्थानमा उक्लिएको हो । 

ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे । समान पाँच खेलमा ललितपुर दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो । चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौँ स्थानमा झ¥यो । काठमाडौँ रेजर्सको पनि समान पाँच अंक भए पनि गोलअन्तरको पाँचौँ स्थानमा छ ।

त्यसअघि खेलको पहिलो अवसर ललितपुरले १३ औँ मिनेटमा सिर्जना ग¥यो । दिनेश हेन्जनले ड्रिब्लिङ गर्दै पेनाल्टीक्षेत्रबाट गरेको सट एफसी चितवनका विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । दुई मिनेटपछि नै सनिष श्रेष्ठले उत्कृष्ट क्रस गर्दै ललितपुरका लागि अवसर सिर्जना गरे पनि पेनाल्टी क्षेत्रमा रहेका पापा केबेले भेट्टाउन सकेनन् । केबेले १७ औँ मिनेटमा पनि अवसर खेर फाले । निखिल कदमले चितवनका अन्तिम डिफेन्डर बिट गर्दै उपलब्ध गराएको पासमा उनी विशालसँग वान भर्सेस वानमा चुके । त्यसको दुई मिनेटपछि भने केबेले अवसर सदुपयोग गरे ।

दिनेश हेन्जनको फ्लिक पासलाई उनले वान टचमार्पmत गोलमा परिणत गराए । चितवनले २९औँ मिनेटमा पहिलो अवसर बनायो । विमल घर्तीगरले १२ यार्डबाट गरेको सट लतिलपुरका गोलकिपर जेफ्री विली मार्सेल पन्च गर्दै बाहिर पठाए । चितवनले ३१औँ मिनेटमा गरेको अर्को आक्रमणमा जेफ्री विली नै बाधक बने । रफिक अमिनुले ललितपुरका चार खेलाडी छक्याउँदै पेनाल्टी क्षेत्रबाट गरेको सट जेफ्री विलीले बचाउ गरेका हुन् । लतिलपुरले ४१औँ मिनेममा काउन्टर अट्याकमा २० यार्डबाट फ्रिकिक सिर्जना गरे पनि सदुपयोग गर्न सकेन ।

पहिलो हाफको थप समयमा ललितपुरले कर्नर प्रहार आक्रमण बनाए पनि चितवनका गोलकिपर विशालले उत्कृष्ट बचाउ गर्दै संकट टारे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता लियो । ४९औँ मिनेटमा इमोन इकिजिलको करिब १० यार्डबाट हेडर चितवनका गोलकिपर विशालले बचाउ गरे । सेसेहाङ आङदेम्बेको पासमा उनको हेडर सफल हुन सकेन । ५७औँ मिनेटमा ललितपुरले अग्रता दोब्बर पारे । विवेक पौडेलले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरे । चितवनका डिफेन्डर एबमुबारिक युसिफले हेडरमार्पmत क्लियर गरेको बल नियन्त्रणमा लिँदै विवेक गोल गरेका हुन् ।

चितवनका लागि ६४ औँ मिनेटमा एफ्रिई एक्वाहले ३५ यार्डबाट गरेको फ्रिकिक माथिल्लो बार हुँदै बाहिरियो । चितवनको अर्को आक्रमण पनि सफल भएन । तोरिक जेब्रिनले ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सभित्रबाट गरेको सट ओमलाजा करिमको खुट्टामा डिफ्लेक्ट हुँदै माथिल्लो बारबाट बाहिरिन पुग्यो । ८९औँ मिनेटमा रफिक अमिनुले गोल गर्दै चितवनलाई खेलमा फर्काए । विमल घर्तिमगरको पासमा उनले ललितपुरका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा नै पेनाल्टीमार्पmत ललितपुरले अग्रता बढाउने अवसर पायो । उत्सव राईले पेनाल्टी क्षेत्रमा आदित्य शाक्य लडाएपछि ललितपुरले पेनाल्टी पाएको हो । केबेले सो अवसर सदुपयोग गर्दै ललितपुरलाई ३–१ ले अग्रता दिलाए । ललितपुर र चितवनको समान एक आक्रमण माथिल्लो बारमा लागेर फर्किँदा थप गोल हुन सकेन । यससँगै ललितपुरले दोस्रो जितसहित शीर्ष स्थानमा पुग्यो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप