सिन्धुपाल्चोक पुग्दा ओलीले सम्झे ‘अविरल बग्दछ इन्द्रावती’
आइतबार, २४ मङ्सिर २०८०, १७ : २०
१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आइतबार नुवाकोटबाट सिन्धुपाल्चोक हुँदै काभ्रे पुगेको छ । गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आइतबार काभ्रेको कुन्तावेसी पुगेको हो ।
अध्यक्ष ओली नुवाकोटबाट काभ्रे जानेक्रममा सिन्धुपाल्चोकको बाहुने पाटी हुँदै गएका थिए ।
बाहुनेपाटीमा स्थानीयसँग भेटवार्ता गरेका ओलीले सहभागीहरुको तस्बिर राख्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सिन्धुपाल्चोकको बाहुने पाटीमा हाम्रो यात्रा । मैले यहाँ आइपुग्दा साहित्यकार रमेश विकलले लेखेको कथामा आधारित टेलिफिल्म अविरल बग्दछ इन्द्रावती सम्झेँ, आसपासका माझी वस्ती सम्झेँ । तपाईहरुले पनि सम्झनु भयो होला ।’
ओली सिन्धुपाल्चोकको बाहुनेपाटी पुग्दा कार्यकर्ताहरुले एक सय किलोको मालाले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी