राजनीति
प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारबाट राजीनामा दिँदै गजुरेलले भने– सबै कुरा पछि भन्छु
आइतबार, २४ मङ्सिर २०८०, १७ : १०
_qpcRGeZeWW.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । आइतबार रातोपार्टीसँग कुराकानी गर्दै उनले आफूले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए ।
राजीनामा दिनुको कारण पछि खुलाला गर्ने उनको प्रतिक्रिया दिए । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे अहिले पछि जानकारी गराउँछु’, उनले भने ।
गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए । नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए ।
सल्लाहकारमा भूमिका बिहिन बनाइएकोमा पनि असन्तुष्ट थिए । आफ्नो राजीनामा पुष्टि भएको नभएकोबारे थाहा नभएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत