सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्यूरिटिज सञ्चालनमा

काठमाडौँ । सीबीआईबीएल सेक्यूरिटिजले आजदेखि सेवा सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले उद्घाटन गरेसँगै सीबीआईबीएसल सेक्यूरिटिजले आजदेखि सेवा सुरु गरेको हो ।
बैंक वा वित्तीय संस्थाले आफ्नो शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनीमार्पत धितोपत्र दलालको रूपमा कार्य गर्न सक्ने व्यवस्था अनुरूप सीआईबीएल सेक्यूरिटिज स्थापना भएको थियो । सीआईबीएल सेक्यूरिटिज कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७६ जेठ २८ दर्ता भएको थियो । यस्तै, धितोपत्र वोर्डबाट मिति २०८० श्रावण ३२ गते र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट मिति २०८० असोज २९ मा धितोपत्र दलाल नं.९१ सदस्यता प्राप्त भएको थियो ।
कार्यक्रममा अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सीबीआईएल सेक्यूरिटिजले आफ्नो छुट्टै पहिचान बनाउने अपेक्षा व्यक्त गरे । साथै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरूमा अरु विभिन्न किसिमका सेवा सुविधाहरू ग्राहकहरू माझ ल्याउने बताए ।
कम्पनीको प्रधान कार्यालय ललितपुरको कुपन्डोलमा रहेको छ । यस कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीकृत केवाईसी खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यबस्थापनमा ८ सय ९०जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक