गंगाबारे आरोप पुष्टि नभए अमरेशलाई नांगेझार पार्ने दीपशिखाको चेतावनी

काठमाडौँ । माओवादी युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् ।
सिंहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा गंगाले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण आफूसँग रहेको बताएका थिए । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जाने उल्लेख गरेका थिए । सिंहको स्टाटस्पछि आक्रोशित भएका दीपशिखाले प्रमाण पेस गर्न चुनौती दिएका हुन् ।
‘माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’, सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
यसअघि वाइसिएलका अध्यक्ष सुबोध सिर्पालीले सिंहलाई प्रमाण पेस गर्न चुनौती दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट
-
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ शिवानी मोक्तानलाई
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा
-
यी हुन् शिक्षकहरूले अघि सारेका २२ बुँदे माग