सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
![सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने](https://npcdn.ratopati.com/media/news/cover-samsadiya-samiti_Ns5qaRd7Oc.jpg)
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि आउँदो मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँग समितिले छलफल गरेको छ ।
उजुरीकर्तालाई समितिमा बोलाएर उनीहरुले प्रस्तावित सर्वोच्चका न्यायाधीश विरुद्ध उजुरी गर्नुको कारण र आधार समितिले मागेको छ ।
सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेको छ । यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान विरुद्ध १ वटा उजुरी परेको छ ।
अन्य प्रस्तावित न्यायाधीशहरू सुनील पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन । सुनुवाइ समितिमा ज्येष्ठ सदस्यको रूपमा सभापतिको भूमिकामा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले सुनुवाइ समितिको बैठक मङ्सिर २९ गते बस्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुको फोन
-
गण्डकी प्रदेशको पिर : खर्च गर्ने पैसा छैन, घाटाको बजेट ल्याउनुपर्ने बाध्यता
-
किन भएन अपेक्षाकृत बजेट खर्च ?
-
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेज गर्नुपर्छ : अर्थविद् पौडेल
-
संघीयतालाई दोष दिने ठाउँ छैन, दोषी हामी हौँ
-
नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध