नर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन

अमेरिका । 'सांस्कृतिक सत्ता र समता'का लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो शृङ्खला (अमेरिका) युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको छ ।
यस क्रममा राईले कविता वाचन गर्दै आफू अमेरिकी नेपाली समाज र संस्कृतिको अध्ययन गर्न आएको बताए । यसअघि चितवनबाट सुरु भएको राईको कविता वाचनको शृङ्खला युएसएकै अर्को राज्य बोस्टनमा दोस्रो पटक आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत, उपन्यासकार नीलम कार्की निहारिका लगायतले कविता वाचन र मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा विस्तारित कर्जा सुविधाको पाँचौँ समीक्षा
-
भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
-
रौतहटमा हाेलीमा धार्मिक सद्भाव बिगार्न खोज्ने ३ जना पक्राउ
-
सन्तुलित न्याय प्रदान गर्नु उपभोक्ता अदालतको जिम्मेवारी : प्रधानन्यायाधीश राउत
-
जनकपुरधाममा उल्लासका साथ मनाइयो होली
-
शक्तिशाली सरकार बजेट खर्चमा चुक्यो, कुल बजेटको आधा पनि खर्च भएन