लमजुङमा सामूहिक भोज खाएर बिरामी हुनेको सङ्ख्या ३३ पुग्यो
आइतबार, २४ मङ्सिर २०८०, १४ : ०२

पोखरा । लमजुङमा सामूहिक भोज खाएर बिरामी पर्नेको सङ्ख्या ३३ पुगेको छ । क्रिसमसको अवसरमा भोटेवडारका क्षेत्रबहादुर गुरुङको घरमा भोज खाएर घर फर्किएपछि उनीहरू धमाधम बिरामी परेका हुन् । शुक्रवार राती खाना खाएका र शनिवार बिहानैदेखि बिरामी पर्ने क्रम सुरु भएको थियो ।
अहिलेसम्म ३३ जना बिरामी भैसकेका अस्पतालले जनाएको छ । उक्त घटनामा १ जनाको मृत्यु भएको छ । सुन्दर बजारकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान मृत्यु भएको हो ।
बिरामीहरूको सुन्दरबजार स्थित एचडिसिएस नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई झाडापखाला र ज्वरो आएको छ । भोजमा ४० जना सहभागी थिए ।