फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराब

बेइजिङ । दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराबको खबर छ । दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुवै पक्षका जहाजहरूबिच टकराब भएको समाचारमा जनाइएको छ ।
यो विवादका लागि दुवैले एक अर्कालाई दोषारोपण गरिरहेका छन् । फिलिपिन्सको कोस्ट गार्डले चिनियाँ जहाजहरूले पानीको फोहरा प्रयोग गरिरहेको बताएको छ। चिनियाँ जहाजहरूले सेकेन्ड थोमस सोल नजिकै उनको आपूर्ति जहाजहरू टक्कर मार्ने प्रयास गरेका छन्। तर चीनले फिलिपिन्सले आफ्नो एउटा जहाजलाई टक्कर दिएको आरोप लगाएको छ ।
शनिबार पनि स्कारबोरो क्षेत्रमा चीन र फिलिपिन्सका जहाजहरू ठोक्किएको घटना सार्वजनिक भएको थियो । चीन र उसका छिमेकी राष्ट्रहरूले दक्षिण चीन सागरमा आफ्नो नियन्त्रण दाबी गर्दै आएका छन्। चीनले पूरै साउथ चाइना सी आफ्नो भएको बताउँदै आएको छ भने फिलिपिन्सलगायत अन्य धेरै छिमेकी मुलुकले चीनले यहाँ अन्तर्राष्ट्रिय जलसन्धिको उल्लङ्घन गरिरहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै
-
नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज