मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

आइतबार, २४ मङ्सिर २०८०, १३ : १०
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

  • कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेमा सु.प.प्र. ०१ ००१ ह ३४८४ नम्बरको अटो शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ सेहरी बस्ने ३५ वर्षीय चक्र सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 
  • चितवन, माडी नगरपालिका-१ बरुवामा लु.२ च २५०८ नम्बरको बोलेरोले बा.प्र०६-००१ प ४०९३ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सूर्य अधिकारी  र मोटरसाइकलमा सवार सोही ठाउँका ३४ वर्षीय बेग खत्री रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका सूर्य अधिकारीको नयाँ मेडिकल कलेज भरतपुर र  बेग खत्रीको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • यसैगरी चितवन, खैरहनी नगरपालिका-१० सिदार्थ चोकमा ना.३४ प ९९९६ नम्बरको मोटरसाइकल सडक छेउको विद्युत्को पोलमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय मनिष भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
  • मकवानपुर, थाहा नगरपालिका-९ चित्लाङमा बा.४ ख ८७७३ नम्बरको बस र बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का १ जना घाइतेलाई उपचारको लागि मनमोहन अस्पताल काठमाडौँ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • अर्घाखाँची, सितगंगा नगरपलिका-८ सातमारामा ना.६ ख २७३९ नम्बरको गिट्टी लोड भएको ट्रक करिब २० मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सन्जय थारू र सह-चालक रूपन्देही सियारी गाउँपालिका-२ बगदर्री बस्ने २३ वर्षीय भोला कुर्मी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका संजय थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भोला कुर्मीको स्वास्थ्य चौकी भालुवाङ दाङमा उपचारको क्रममा मृत्यु भएको हो । 
  • रूपन्देही, ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा बा.प्र०१२८ च ३५५६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ पननि बस्ने ४५ वर्षीय रामदरस हरिजनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप