आफैले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडा बस्ने ४८ वर्षीय डम्मर बहादुर सारुको आफैले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।
भरुवा बन्दुक बोकी फापर खान बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको भरुवा बन्दुक पड्कन गई छर्रा लाग्दा शनिबार राति घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दी गाउँपालिका-४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक १ थान र झोला फेला पारी बरामद गरेको छ ।
उता उदयपुरको बेलका नगरपालिका-४ आनन्दटोल बस्ने ४७ वर्षीया दुर्गा विकलाई भरुवा बन्दुक २ नालसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक