‘खल्ती पेमेन्ट गेटवे’ सेवा मार्फत ५ हजार भन्दा बढी व्यवसायी लाभान्वित

काठमाडौँ । ‘खल्ती’ ले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँदै आएको छ। यस सुविधा अन्तर्गत हाल ५०००+ व्यवसायीहरूले लाभान्वित हुनुका साथै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले 'स्मार्ट उद्यमी' अफर उपलब्ध गराएको जनाएको छ।
यस सुविधा अन्तर्गत ‘खल्ती पेमेन्ट गेट वे’ मा आबद्ध हुने साना तथा मझौला व्यवसायीहरूले आफ्ना ग्राहक बर्ग बाट डिजिटल तरिकाले सरल र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् भने यसमा उपलब्ध अफर अनुसार मेटा विज्ञापन क्रेडिट र एसएमएस क्रेडिट को रूपमा API शुल्कमा 100% मनी ब्याक प्राप्त गर्नेछन्। यति मात्र नभएर आफ्नो व्यवसायमा वृद्धि विस्तार गर्न आवश्यक पर्ने बस्तु जस्तै प्रिन्टर, ल्यापटप पनि जित्ने मौका पाउनेछन्।
डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्म सञ्चालित हुने 'स्मार्ट उद्यमी' अफर अन्तर्गत खल्तीसँग साइन अप गरी ‘खल्ती पेमेन्ट गेट वे’ को सुविधा लिन सम्झौतामा हस्ताक्षर गर्दै API शुल्कको भुक्तानी गर्ने साथै सेवा लिए पश्चात दुई कारोबारहरू पूरा गर्ने व्यवसायीहरू मध्ये नै एक भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा ल्यापटप र हरेक हप्ता एक नयाँ भाग्यशाली व्यवसायीले प्रिन्टर प्राप्त गर्नेछन्।
यसका अतिरिक्त खल्तीको SDK/API मा आबद्ध भए पश्चात व्यवसायीले अन्य बैंकको सहायता बिना नै खल्ती प्रयोगकर्ताहरू साथै अरु विस्तृत स्रोतहरू जस्तै पार्टनर बैंकहरूको इ बैङ्किङ, मोबाइल बैङ्किङ, एस. सी. टी / भिसा / मास्टर कार्ड, कनेक्ट आई. पी. एस मार्फत सरल तरिकाले भुक्तानी लिन सक्नेछन्।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ खल्ती पेमेन्ट गेटवे अन्तर्गत हामीले हाल ५०००+ साना तथा मझौला व्यवसायीहरूलाई डिजिटलाइजेसन सेवा प्रदान गर्दै सरल र सुरक्षित रूपमा भुक्तानी सङ्कलन गर्ने डिजिटलाइजेसन प्रक्रिया प्रदान गर्दै आईरहेका छौं। यस अफर अन्तर्गत अझै धेरै भन्दा धेरै व्यवसायीलाई आफ्नो व्यवसायमा डिजिटल रूपमा कारोबार गर्न कुरामा हामी विश्वस्त छौँ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं
-
संविधानको रक्षा, पालना र कार्यान्वयन आजको प्राथमिकता : अध्यक्ष दाहाल