लघुकथा : रूढिवादी सोच

लगातार मोबाइल बजेका कारण उनको निद्रा खल्बलियो । “यति राति कसले होला ?” भन्दै मोबाइल हेरिन् । छोराको रहेछ ।
“दुई घण्टा अगाडि वा चार घण्टा पछाडि गरेको भए पनि हुने, यो मध्यरातमा किन गर्यो होला ?” भन्दै फोन उठाउन थालिन् ।
“आमा सुत्नुभएको थियो होला मैले उठाएँ, दर्शन आमा ।” छोराले भन्यो ।
“भाग्यमानी हुनु” भन्दै आशीर्वाद दिएर सन्चो बिसन्चो सोधिन् ।
“आमा बुवाको फोटो पठाएको छु ।” छोराले भन्यो ।
मोबाइलमा नातिको फोटो देखेर भावुक भइन् । काखमा राखेर बुबुमाम खुवाएको कल्पना गरिन् । छोराले दुई पटक बोलाउँदा उनी झस्किन् ।
“के भयो आमा ?” छोराले भन्यो ।
“बाबु मैले नातिलाई कहिले काखमा लिन पाउँछु ?” उनले भनिन् ।
“हामी त आउन मिल्दैन । व्यवस्था मिलाएर एक दुई महिनाका लागि हजुरलाई बोलाउँला नि ।” छोराले भन्यो ।
“जे जस्तो भए पनि चाडको बेला नरमाइलो हुँदो रहेछ, भएका छोराबुहारी पनि परदेशी हुँदा ।” आमाले गुनासो गरिन् ।
“के गर्नु त्यहाँ सिस्टम ठिक छैन ।” छोराले सिस्टमलाई दोष लगायो ।
“किन त बाबु यस्तो राति फोन गरेको ?” आमाले सोधिन् ।
“ए कुरै कुरामा मुख्य कुरा भन्न बिर्सेछु । भोलि गएर त्यो ढ्याङ्ग्रेलाई बुवाको फोटोमा भए पनि फु फा गरिदिन लगाउनु न । बुवालाई सन्चो भएको छैन ।” छोराले भन्यो ।
“बाबु तिमीले त घर, गाउँ, आफन्त र देश छोडेर गए पनि तिम्री आमाले पनि छोड्न थालेको अन्धविश्वास र रूढिवादलाई त सँगै लगेका रहेछौ है ?” उनले भनिन् ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
-
सबै मानिस जागिर मात्रै खोज्छन् : प्रधानमन्त्री ओली
-
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
-
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
-
को हुन् क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी ?
-
ध्यान केन्द्र बनाउन विदेशी अनुदान चाहिन्न