आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

आइतबार, २४ मङ्सिर २०८०, ११ : २२
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्ब दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानी बापत १९.७८ अर्ब  र अग्रिम दाबी भुक्तानी बापत २३.४४ अर्ब दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । यससँगै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दाबी भुक्तानी गर्ने कम्पनीको रूपमा नेपाल लाइफ स्थापित भएको छ । 

कम्पनीले २०८० असोज मसान्त सम्ममा १३,५१२ जनाका हकवालाहरूलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ ।  कम्पनीले कन्भेन्सनल प्लान अन्तर्गत ११,१७७ जना लाई ३ अर्ब ७१ करोड र वैदेशिक रोजगारी तर्फ २,३३५ जनालाई १ अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ ।  

कम्पनीले आफ्नो दाबी प्रक्रियालाई सहज बनाएको र धाबीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको जनाएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दाबी फर्छ्रौट भई सकेको कम्पनीले जनाएको छ । 

सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दाबी भुक्तानी ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ ।  यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिन भित्र गरेको छ ।

 यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दाबी यथाशीघ्र भुक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरू समयमा उपलब्ध नहुँदा केही दाबी भुक्तानी गर्न ढिलाइ भएको कुरा कम्पनीले जनाएको छ । 

दाबी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेबसाइटमा समेत सूचना सम्प्रेषण गरेको छ । दाबी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दाबी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनी आह्वान गरेको छ ।  सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्यूनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कम्पनीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप