जीवन र जिन्दगी
आइतबार, २४ मङ्सिर २०८०, १० : ५६

सोच्छु जीवन
सबैको सहज कहाँ छ र ?
सोच्छु जिन्दगी
सबैको एकनास कहाँ छ र ?
फरक फरक जीवनको
फरक फरक जिन्दगीको
कथा बोक्दै हिँडेका पात्रहरू
व्यथा बटुल्दै हिँडेका यात्रीहरू
भेटेकै हुन्छु, बुझेकै हुन्छु
उनीहरूको जीवनकहानीसँग
डुबेकै हुन्छु
उनीहरूका मर्मवेदनाहरूसँग
भिजेकै हुन्छु
निर्दोषी कत्ति जीवन यहाँ
दोषी बनेकै छन्
दोषी कैयौँ जिन्दगी यहाँ
निर्दोषी बनेकै छन्
फूल कति छन् यहाँ
फुल्न नपाउँदै ओइलाएका
जीवन कति छन् यहाँ
जिउन नपाउँदै बिलाएका
यी जीवन र जिन्दगीको
परिभाषाहरूमा
जीवन र जिन्दगी जिउने
अभिलाषाहरूमा
अलमलिरहेको रुमल्लिइरहेको
जिन्दगी सबैको
जिन्दगी सबैको...।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ