दाइँ गर्न राखिएको धानमा आगजनी

रौतहट । रौतहटको फतुवाविजयपुर नगरपालिका-२ स्थित शीतलपुरमा दाइँ गर्न खलोमा राखिएको धानको भारीमा अज्ञात समूहले आगजनी गरेको छ । दाइँ गर्न तयारीमा राखिएको स्थानीय लक्ष्मीराय यादवको धानको भारीमा गए राति करिब ९ बजे आगजनी गरिएको हो।
आगलागीबाट झन्डै ४० क्विन्टल धान जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
यता वडाध्यक्ष सञ्जय यादवले नेकपा एमालेका कार्यकर्ता यादवको धानको भारीमा राजनीतिक पूर्वाग्रहका कारण आगजनी भएको दाबी गरेका छन् । राजनीतिक पूर्वाग्रहकै कारण गत वर्ष पनि वडा २ का एमाले सदस्य रामानन्द यादवको डेढ बिगाहाको धानको भारीमा आगजनी भएको वडा अध्यक्ष यादवको जिकिर छ ।
एक वर्ष बितिसक्दा पनि उक्त घटनाका अभियुक्त हालसम्म पक्राउ परेका छैनन् । आगजनी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान