शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

जंगलसहिया पशुपति मन्दिरमा महादीप दान गरिँदै

आइतबार, २४ मङ्सिर २०८०, ०९ : ४९
आइतबार, २४ मङ्सिर २०८०

रौतहट । रौतहटको गुजरा नगरपालिका स्थित पशुपति मन्दिर परिसरमा बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज आईतवार  महादीपदान गरिने आयोजकले जनाएको छ। 

पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीप दान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार ​श्रद्धालु त्रयोदशीका दिन आज साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान लालबकैयामा सेलाएर स्नान गरी पशुपति मन्दिर परिसरमा शतबीज छर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष उमेश कुमार शाहीले बताएका छन्।

जंगलसहिया पशुपति स्थानमा शत बीज छर्नाले पितृको मुक्ति हुने विश्वास छ। यसैगरी शतबीजको प्रत्येक दान एक रति सुवर्ण दान समान हुने बताइन्छ। मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर जंगलसहिया पशुपति मन्दिरमा शुक्रबारदेखि  चारदिने मेला सुरु भएको हो ।  

लामो समय देखि हरेक वर्ष लाग्दै आइरहेको  मेला यस वर्ष पनि भव्यताका साथ लागि रहेकाले पशुपति मन्दिरमा लाख बत्ती बाल्न आउन भक्तजनहरुलाई आउन आयोजकले आग्रह गरेको छ ।

भक्तजन तथा मेला भर्न आउनेहरूको मनोरञ्जनको लागि   पशुपति मन्दिर परिसरमा सरसफाइ  पश्चात् स्टेज निर्माण गरी शुक्रवार बेलुकी देखि सांस्कृतिक कार्यक्रम सुरु भएको समितिका अध्यक्ष  शाहीले जानकारी दिएका छन्।

मन्दिरमा आउनेहरूको लागि खानेपानी, शौचालय,विद्युत् तथा सुरक्षाको समेत  व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।

यसै वर्ष दिवङ्गत अथवा निधन भएका पितृ तथा आफन्तको  परिवारका मानिसहरू रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाख बत्ती बालेर सतबिउ छर्ने गर्दछन् ।

जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाख बत्ती बालेर सतबिउ छर्नाले दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप