लमजुङमा सामूहिक भोज खाएका १ जनाको मृत्यु, १८ बिरामी

पोखरा । लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए । भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको हो । बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाई छ ।
भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् । तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा