सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

युडिनेसलाई ठूलो अन्तरले हराउँदै पहिलो स्थानमा फर्कियो इन्टर मिलान

आइतबार, २४ मङ्सिर २०८०, ०९ : ३७
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । इन्टर मिलान इटालियन सिरिए तालिकाको पहिलो स्थानमा फर्किएको छ । इन्टर मिलान शनिबार राति सम्पन्न खेलमा युडिनेसलाई ४—० गोलको ठूलोअन्तरले हराउँदै सिरिए तालिकाको पहिलो स्थानमा फर्किएको हो ।

खेलको पहिलो हाफमा तीन गोल गरेको इन्टर मिलानले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । एकपक्षीय खेलको ३७औँ मिनेटमा टर्कीकाका मिडफिल्डर हकानले इन्टर मिलानका लागि पहिलो गोल गरेका थिए ।

यसैगरी निर्धारित समयको ४२औँ मिनेटमा फेड्रिको डिमार्कोले इन्टर मिलानको अग्रतालाई दोब्बर बनाएका थिए । ४४औँ मिनेटमा मार्कुस थुरमले गोल थपेपछि खेलको पहिलो हाफमै इन्टर मिलान ३—० गोलले अगाडि बढेको थियो ।

निर्धारित समयको खेल सकिनुभन्दा ६ मिनेटअघि लाउटारो मार्टिनेजले इन्टर मिलानका लागि चौथो गोल गरेका थिए । मार्टिनेजले जारी सिजनको लिगमा गरेको यो १४औँ गोल हो । जारी सिजनको लिगमा हालसम्म १५ खेल खेलेको इन्टर मिलान ३८ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।

इन्टर मिलानले जारी सिजनको लिगमा हालसम्म १२ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । युभेन्ट्स ३६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । युभेन्ट्सले ११ जित, तीन बराबरी र एक हारको नतिजा निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप