मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौँमा र्‍याली

आइतबार, २४ मङ्सिर २०८०, ०९ : १७
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्‍याली निकालिएको छ । आज बिहान काठमाडौँको भृकुटीमण्डपमा मानवअधिकार र्‍याली निकालिएको हो । 

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासङ्घ नेपाल लगायतका संसंस्थाहरु र्‍यालीमा सहभागी भएका थिए । र्‍याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न हुनेछ ।  

यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितता: आजको आवश्यकता भन्ने नारा तय गरिएको छ । र्‍यालीमा सहभागीहरूले लैङ्गिक हिंसाको सुनिश्चितता गर्नुपर्ने मागसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप