‘मानवअधिकारको प्रत्याभूति लोककल्याणकारी राज्यको दायित्व’

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मानवअधिकारको प्रत्याभूति लोककल्याणकारी राज्यको दायित्व भएको बताएका छन् ।
७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानले मानवअधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको बताए । संविधानले सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक, समावेशिता र मानवअधिकारलाई संस्थागत गरेको जनाउँदै उनले यसको संरक्षण, संवर्द्धन र कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनले आज एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा ठोस योगदानका लागि संविधानले राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक तथा कानुनी निकायको व्यवस्था गर्नु आफैँमा सन्तोषजनक कुरा हो । यसका साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगसमेत गठन भई क्रियाशील भएका छन् । यसले मानवअधिकारको संरक्षण तथा सम्मानको प्रक्रियालाई सुदृढ बनाउन मार्गप्रशस्त गरेको छ ।”
मानवअधिकारको प्रत्याभूति गराउन सक्नु लोककल्याणकारी राज्यको प्रमुख दायित्व भएको प्रदेश प्रमुख परियारको भनाइ थियो । यद्यपि यसका लागि राज्यका सबै निकायको साझा बुझाई, काममा एकरुपता र प्रभावकारी गतिविधि सञ्चालन हुन जरुरी रहेको उनले आफ्नो सन्देशमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन