एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
बुटवल । नेपाल समाजवादी पार्टीले एनसेल सेयर बिक्री घोटाला प्रकरणको छानबिन गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । पार्टीको बुटवल उपमहानगरपालिका कमिटीले आज बुटवलमा खबरदारी सभा गर्दै सेयर बिक्री घोटाला प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेको हो ।
खबरदारी सभालाई सम्बोधन गर्दै समाजवादीका लुम्बिनी प्रदेश इन्चार्ज कमल खनालले विदेशी कम्पनीले नेपाली राजस्व ठगी गरेको भन्दै सरकारले निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताए । उनले एनसेल प्रकरणमा राज्यले राजस्वबाट अर्बौँ रुपैयाँ गुमाउनुपर्ने भएकोले त्यो रोक्नुपर्ने बताए। पार्टी केन्द्रीय सदस्य पङ्कज राईले घोटालामा सरकारी पक्षको पनि मोलामोल भएको भन्दै राज्यलाई सबैले दबाब दिएर निष्पक्ष काम गर्नुपर्ने बताए ।
कार्यक्रममा हरि घर्तीमगर, सुशीला पुलामी मगर केन्द्रीय, बुटवल नगर संयोजक सुरज हितान मगर र सचिव विष्णु खत्री लगायतले घटनाको निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा जोड दिए । सो पार्टीले खबरदारी सभालाई आगामी दिनमा थप ससत्तm रूपमा लैजाने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा
-
बार्सिलोनालाई हराउँदै एटलेटिको ला लिगाको शीर्षस्थानमा
-
आज पुस महिनाको पहिलो आइतबार रविसप्तमी, सूर्यदेवको विशेष पूजा गरिँदै