एलपीएल प्रिमियर लिग : युथ अफ टीकापुर सेमिफाइनलमा
कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन् ।
समूह ‘बी’ बाट युथ अफ टीकापुरले सेमिफाइनलमा स्थानसमेत पक्का गरेको छ । पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणमा तीन जीतका टीकापुरले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले सात विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए । युथ अफ टीकापुरका लाग सुमित महर्जनले दुई विकेट लिए भने मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले एक/एक विकेट लिए ।
खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै युथ अफ टीकापुरले सात विकेट गुमाएर ९४ रन बनायो । टीकापुरका लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए । केसीले २७ बलमा एक चौका र तीन छक्का तथा जैसीले २२ बलमा तिन चौका र एक छक्का प्रहार गरे । ३८ रनमा चार विकेट गुमेको अवस्थामा केसी र जैसीले छैटौँ विकेटको लागि ५५ रनको साझेदारी गरे ।
कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील विष्टले दुई/दुई तथा लोकेन्द्र खनाल र पारस रोकायाले एक/एक विकेट लिए । दोस्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदूरपश्चिमान्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो ।
गरुडाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चल एकेडेमीले २० ओभरमा आठ विकेटको क्षतिमा जम्मा ७५ रन मात्र बनायो । सुदूरपश्चिमाञ्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए । गरुडाका बलर धर्मेन्द्र साहले चार विकेट लिए । उनले चार ओभरमा १२ रन मात्र खर्चिए । नरेश शाह, रुपेश सिंह र नितेश यादवले एक/एक विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । गरुडाका लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन योगदान दिए । उनले २९ बल खेल्दै पाँच चौका र पाँच छक्का प्रहार गरे । निश्चल बिक्रमले अविजित ४३ रन बनाए । उनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । जम्मा ७६ रनमा छ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे ।
सुदूरपश्चिमाञ्चलका लागि पारस सुनार र सन्दीप विष्टले दुई/दुई विकेट लिए । प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले एक/एक विकेट लिए । प्रतियोगिताका उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टिमको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र विवाद : दुई दिनको सुनुवाइपछि पूर्ण इजलासमा पठाइयो मुद्दा
-
इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्न आह्वान
-
रास्वपाको सचिवालय बैठक : केन्द्रीय कमिटी बैठकबारे छलफल
-
अदालतमा लामिछानेको इन्कारी बयान, दुई दिनमा २६ भन्दा बढी प्रश्न
-
सिरिया फेरि एकपटक आफ्नै भूगोलको सिकार भयो
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की