रोटरीको निःशुल्क स्वास्थ्य शिविर
शनिबार, २३ मङ्सिर २०८०, २० : २४

काठमाडौँ । रोटरी क्लब अफ काठमाडौँ वेष्ट, स्पार्क हेल्थ होम र प्रहरी वृत्त कालिमाटीको संयुक्त आयोजनामा आज कालिमाटी वृत्तमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले शुभारम्भ गर्नुभएको सो शिविरमा एक सयभन्दा बढी प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरिएको थियो । समारोहमा रोटरी क्लब अफ काठमाडौँ वेष्टले ५९ ट्राफिक प्रहरीका लागि निःशुल्क चस्मा प्रदान गरेको थियो ।
स्वास्थ्य विशिरमा डा.प्रकाश श्रेष्ठ,डा.अग्नीकुमार महतो, डा.दृष्टि श्रेष्ठ, डा.आनन्द शाह, डा.रुपा बलामी र डा.दिपिका बराल क्षेत्रीलगायतका डाक्टरले प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरे । शिविरमा नाक, कान, घाँटी, दात र नसासम्बन्धी रोगको परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा स्पार्क हेल्थ होमले निःशुल्क औषधि वितरण गरेको निर्देशक रुपेश अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग