देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन् । उनले आज देशमा भ्रष्टाचार एक प्रमुख समस्या भएको उल्लेख गर्दै भ्रष्टाचारीहरुलाई जनकारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।
‘भ्रष्टाचारीहर गर्जिएर हिँडेका छन् । बलिया भएका छन् । जनता लाचार छन् । यो अवस्था रह्यो भने देशको विकास सम्भव छैन’, उनले भने, ‘भ्रष्टाचारीहरु दण्डित हुनुपथ्र्यो । तर आज भ्रष्टाचारीहरु खुलेआम घुमिरहेका छन् ।’
राज्यले भ्रष्टाचारीहरुलाई कारबाही गर्छ भनेर अब जनता भ्रममा बस्न नहुने उनको धारणा छ । ‘राज्य आफैँ भ्रष्टाचारमा डुबेको छ । तपाईँ हामीलाई लाग्छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको छानबिन गर्छ र भ्रष्टाचारीलाई जेल हाल्छ, यो भ्रममात्रै हो । किनभने अख्तियारको क्षमताले भ्याउँदैन’, उनले भने, ‘त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न आम जनता अगाडि आउनुपर्छ ।’
जबसम्म समाज भ्रष्टाचारीप्रति निर्मम बन्न सक्दैन तबसम्म भ्रष्टाचार निमूल सम्भव नहुने उनको धारणा छ । खुसखोर र भ्रष्टाचारी जहाँ देख्यो जनताले त्यहीँ कारबाही गर्नुपर्ने उनको धारणा छ । जसरी चोरहरु मान्छेलाई देखेर डराउँछन् त्यसरी नै भ्रष्टाचारीहरु पनि डराउने वातावरण बन्नुपर्ने उनको धारणा छ । त्यसपछि मात्रै देशलाई सुशासनको दिशा दिन सकिने धारणा राख्दै साहले देशको विकास पनि सम्भव हुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनाभित्रै ग्रामथानमा सरकार छ भन्ने अनुभूति दिलाउँछु : माझी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
‘बम बहादुर’मा रहस्यमय सौगात
-
'माटोको सुधार : परीक्षण, रेखदेख र उपचार' भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदै
-
एनपीएलमा आज पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा
-
रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो