करोडौँ दलालीको आरोपमा माओवादीहरूद्वारा भाजपा नेताको हत्या

छत्तीसगढ । छत्तीसगढको माओवादी प्रभावित नारायणपुर जिल्लामा संदिग्ध माओवादीहरूले भाजपा नेताको हत्या गरेका छन् । यसअघि माओवादीले फलाम खानीमा भाजपा नेताको भूमिकाको बारेमा चेतावनी जारी गरेको थियो।
बस्तर प्रहरीका प्रवक्ताले भने, ‘शनिबार बिहान करिब ११ बजे, छोटेडोंगर क्षेत्र अन्तर्गत मुन्डटिकारा निवासी कोमल माँझीलाई माओवादीहरूले ‘दलाली’ को आरोपमा बञ्चरो प्रहार गरी हत्या गरेका छन्।’ घटनास्थलमा एउटा पर्चा फेला परेको छ, जसमा आमदेई फलाम खानीमा माँझीको भूमिकाबारे उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ । यसका साथै स्थानीय पुलिस र आईटीबीपीका जवानहरूले पनि क्षेत्रमा खोजी अभियान सुरु गरेका छन्।
यस वर्षको फेब्रुअरीमा माओवादीले छोटेडोंगरमा भाजपाका जिल्ला उपाध्यक्ष सागर साहुको हत्या गरेका थिए। यसबाहेक भाजपाका अन्य दुई नेताको पनि माओवादीले हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्
-
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु
-
तोकिएको समयमा टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण