दुई गोलको अग्रता जोगाउन नसक्दा चुक्यो इलाम
![दुई गोलको अग्रता जोगाउन नसक्दा चुक्यो इलाम](https://npcdn.ratopati.com/media/news/408846732_340465248730260_3052349015356505134_n_Z9B7ag085m.jpg)
काठमाडौँ । दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले शनिबार नेपाल सुपर लिग(एनएसएल) मा दोस्रो जित निकाल्ने अवसर गुमाएको छ । दशरथ रंगशालामा स्पोर्टिङ इलामले आफ्नो पाँचौँ खेलमा शनिवार दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढी एफसीसँग २–२ को बराबरी नतिजा सामना गरेको हो ।
अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको सङ्कट टार्यो । ४४औँ मिनेटमा स्पोर्टिङ इलामले गोल गर्दै अग्रता लियो । अमाथ एन्डअले दिएको पासमा फोडे क्यामराले खाली पोस्टमा गोल गरे । पहिलो हाफको थप गरिएको समयमा इलामले अर्को गोल थप्यो । नवीन लामाको कर्नर बललाई धनगढीका गोलकिपर ताहाले फुत्काएपछि ओमार मुस्ताफा थियमले वान टच गोल गरे । त्यससँगै पहिलो हाफमा स्पोर्टिङ इलामले २–० को अग्रता लियो ।
धनगढीले ६९औँ मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । इलामका डिफेन्डर जितेले फोडे फोफानलाई लडाएपछि धनगढीले पेनाल्टी पायो । सो अवसरमा धनगढीका रिचर्ड अग्येमेङले गोल गर्दै २–१ को अवस्थामा ल्याए । एक मिनेटपछि नै धनगढीका रोहनले बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेनन् । अहमद हिजाजीको पासमा उनी नजिकैबाट गोल गर्न चुके ।
७४औँ मिनेटमा नवीन लामाले इलामको अग्रता बढाउने अवसर पाए । तर, उनको सट धनगढीका गोलकिपर ताहाले सफल हुन दिएनन् । खेलको अन्त्यतिर ओलावाले आफिजको हेडरबाट गोल गरेपछि धनगढी २–२ को बराबरीमा फर्कियो । फोफानाले राइट कर्नरबाट दिएको बललाई आफिजले उत्कृष्ट हेडर गर्दै गोल गरे ।
अन्तिम समयमा अभिसेक गुरुङले दिएको पासमा रामचन्द्र वाजीको सट माथिल्लो बारमा लागेर फर्किँदा धनगढीले जित निकाल्ने अवसर गुमायो । यो बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा पोखरा थण्डर्सको पनि समान आठ अङ्क भए पनि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुग्यो । यता, स्पोर्टिङ इलाम भने पाँच खेलबाट एक जित र एक बराबरीसहित चार अङ्कसहित छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता