कविता
सम्पत्ति जोड्नेहरू र देश छोडनेहरू
शनिबार, २३ मङ्सिर २०८०, १३ : १०

सम्पत्ति जोड्ने
र देश छोड्ने
दुवैको भिन्न–भिन्न लक्ष्य
पदमा हुने
र अभावमा रुने
दुवैको जीवनको आ–आफ्नै पक्ष ।
सम्पत्ति जोड्ने
र पदमा हुने
कमाइरहेका
रमाइरहेका ।
देश छोड्ने
र अभावमा रुने
बिछोडिएका
निचोडिएका ।
सम्पत्ति जोड्ने
र पदमा हुने
दुवैका ठूलाठूला कुरा
देश छोड्ने
र अभावमा रुने
दुवैका आँसुका धारा ।
कतै जाल
कतै बेहाल
यस्तै छ देशको हाल
कोही भाषण छाँट्ने नेता
कोही रुँदै
बच्चालाई माया गर्दै
एयरपोर्टमा हातमा पासपोर्ट
निधारमा रातो अक्षेता ।
सम्पत्ति जोड्ने
र देश छोड्ने
एउटा हाँसोमा अर्को पीडामा
पदमा हुने
र अभावमा रुने
एउटा पुष्प बास्नामा अर्को काँडामा
(लस एन्जेलसबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत