सातामा सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५.६७ अंकले घटेर बन्द भएको छ । गत साताको विहीबारको तुलनामा यो साताको बिहिबारसम्मको अवधिमा उक्त अंकको गिरावटसँगै परिसूचक बन्द भएको हो ।
यो साताको आइतबार नेप्से परिसूचक १८५८.५३ अंकबाट कारोबार सुरु भएको थियो । जुन, अन्तिम कारोबार दिनसम्म १८.५२.७७ अंकमा आएर रोकिएको हो । यो साताको ५ दिनमध्ये ३ दिन घटेको नेप्से २ दिन भने बढेको थियो ।
आइतबार ७ अंकले घटेको नेप्से सोमबार ३ अंकले र मंगलबार १० अंकले घटेको थियो । यस्तै, बुधबार ३ अंकले बढ्दा बिहीबार ११ अंकले बढेको थियो । यो साता तीन कारोबार दिनमा समग्रमा २१ अंकले घटेको थियो भने दुई दिनमा १४ अंक बढेको थियो ।
यो साता नेप्सेमा कूल ७ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ । जुन, गत साताको भन्दा ५ अर्ब रुपैयाँले बढी हो । गत साता नेप्सेमा ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड