शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

कटानीमा देउसी भैलोको पैसाबाट विद्यालयमा बोरिङ जडान

शनिबार, २३ मङ्सिर २०८०, ०८ : ४३
शनिबार, २३ मङ्सिर २०८०

रौतहट । रौतहटको गुजरा नगरपालिकास्थित कटानी टोलमा देउसी भैलोबाट उठेको रकमबाट माध्यमिक विद्यालय कटानी छेउमा शुद्ध खानेपानीको लागि बोरिङ जडान गरिएको छ।

स्थानीय युवाहरूले गत लक्ष्मीपूजामा देउसी भैलो खेलेर उठाएको एक लाख एक हजार रुपैयाँले मावि कटानी मातहात छेउमै रहेको जग्गामा विद्यार्थीको लागि पिउने पानीको व्यवस्थापन स्वरूप बोरिङ जडान गरिएको समाजसेवी सुरेन्द्र तिमल्सिनाले बताए। 

बोरिङ गाड्नको लागि  गुजरा नगरपालिका प्रमुख सन्त लाल चौधरीले निःशुल्क जेसिबि पठाएका थिए। त्यसैगरी समाजसेवी जितेन्द्र साहले मेसिन भाडा निःशुल्क गरिदिएका थिए। देउसी भैलो समूह गुजरा २ कटानिका युवाहरूको सक्रियतामा बोरिङ जडान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप