बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बाला चतुर्दशीको अवसरमा जंगलसहिया पशुपतिमा मेला सुरु

शनिबार, २३ मङ्सिर २०८०, ०७ : ४८
शनिबार, २३ मङ्सिर २०८०

रौतहट । रौतहटको गुजरा नगरपालिका-३ जंगलसहिया स्थित पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा मेलाको  उद्घाटन गरिएको छ।

पशुपति मन्दिर अगाडि आयोजित विशेष समारोहका प्रमुख अतिथि गुजराकी उपमेयर रतना लामाले गए राति विधिवत् रूपमा मेलाको उद्घाटन गरेकी हुन् । मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर पशुपति मन्दिरमा शुक्रबारदेखि  चार दिने मेला सुरु भएको हो ।  

लामो समयदेखि हरेक वर्ष लाग्दै आइरहेको  मेला यस वर्ष पनि भव्य बनाउन मन्दिरमा लाख बत्ती बाल्न आउन भक्तजनहरुलाई  आयोजकले आग्रह गरेको छ ।

भक्तजन तथा मेला भर्न आउनेहरूको मनोरञ्जनको लागि   पशुपति मन्दिर परिसरमा सरसफाइ  पश्चात् स्टेज निर्माण गरी शुक्रवार बेलुकी देखि सांस्कृतिक कार्यक्रम सुरु भएको आयोजक समितिका अध्यक्ष उमेश कुमार शाहीले जानकारी दिए ।

मेलामा आउनेहरूको लागि खानेपानी, शौचालय, विद्युत् तथा सुरक्षाको समेत  व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।

यसै वर्ष दिवङ्गत अथवा निधन भएका पितृ तथा आफन्तको  परिवारका मानिसहरू रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाख बत्ती बालेर शतबिज छर्ने गर्दछन् ।

FB_IMG_1702036663644

जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाख बत्ती बालेर शतबिज छर्नाले दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ ।

कोरोना कालमा असुरक्षाको कारण लगातार दुईबर्ष पशुपति स्थानमा मेला लाग्न सकेको थिएन। अवस्था सहज भएसँगै गतवर्ष देखि बाला चतुर्दशीको अवसरमा भव्यरुपमा मेलाको आयोजना हुँदै आएको छ । 

FB_IMG_1702036673606

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप