यसरी लगिँदैछ सुनकोशीबाट पानी, तस्बिरहरू
_okdprfLuCt.jpg)
- नेपाल फोटो लाइब्रेरी
सिन्धुली । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ । सिन्धुली जिल्लामा बनिरहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टनेल बोरिङ मेसिन टिविएम सञ्चालन भएको कुल १४ महिनाको अवधिमा करिब ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको हो ।
आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेको मध्य चालु आर्थिक वर्षसम्म करिब ११ अरब खर्च भइसकेको जनाएको छ । सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीबाट अघि बढाइएको छ भने र ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका कार्यहरू सञ्चालन हुन थालेका छन् ।
राष्ट्रकै बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण र सञ्चालनले मधेस प्रदेशका आधा दर्जन जिल्लाका कृषि क्षेत्रमा संवृद्ध हुने अपेक्षा गरिएको छ । सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेन्ड पानीलाई उक्त नदीमा बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीको किनारमा पुर्याइ उपलब्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत् उत्पादन गरी निस्केको पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६,६०० हेक्टर र ४५,४०० हेक्टर गरी जम्मा १,२२,००० हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ ।
उक्त आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग २ किलोमिटरमाथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज, १५० मिटर लामो डिसेण्डिङ्ग बेसिन,टनेल इन्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड,३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई बालेनद्वारा जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा 'कमाण्डर' दुर्गा फरार