नापोलीलाई हराउँदै युभेन्टस शीर्ष स्थानमा
शनिबार, २३ मङ्सिर २०८०, ०६ : ५३

टुरिन । फेडरिको गाटीले गरेको एक मात्र गोलको मद्दतले साविक विजेता नापोलीलाई हराउँदै युभेन्ट्स इटालियन सिरिए एको शीर्ष स्थानमा उक्लिएको छ ।
गत शुक्रबार मोन्जाविरुद्ध निर्णायक गोल गरेका डिफेन्डरले नापोलीविरुद्ध पनि निर्णायक गोल गरे । ५१ औँ मिनेटमा क्याम्बियासोको क्रसमा हेडमार्फत उनले गरेका थिए ।
पहिलो हाफमा नापोलीले खेलमा नियन्त्रण बनाए पनि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न सकेन । भिक्टर ओसिमहेनले खेल बराबरी गर्ने अवसर पाए पनि त्यसलाई खेर फालेका थिए ।
जीतपछि युभेन्टसले इन्टर मिलानलाई एक अङ्कले उछिनेको छ । १५ खेलबाट युभेको ३६ अङ्क रहेको छ । मिलानले एक खेल कम खेल्दै ३५ अङ्क बटुलेको छ । २५ अङ्कसहित नापोली पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल