नेपाल सुपर लिगमा आज दुई खेल, धनगढीले इलामको र लुम्बिनीले काठमाडौँको सामना गर्ने
शनिबार, २३ मङ्सिर २०८०, ०६ : २१

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी दोस्रो खेल काठमाडौँ रेन्जर्स र बुटवल लुम्बिनी आमनेसामने हुनेछन् । दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको थियो ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ भने समान खेल खेलको झापाको भने ३ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल हाउस : स्वादिष्ट परिकारका लागि उपयुक्त गन्तव्य
-
कोठा खोज्ने बहानामा अनलाइनमार्फत ठगी
-
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
-
काठमाडौंसहित देशका केही भेगमा वर्षा, यस्तो छ सातै प्रदेशको भोलिको मौसम
-
नेपालले महिला तथा बालिकाको सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी
-
मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा