समृद्धिको सपना साकार पार्न एमालेको सङ्कल्प यात्रा
शुक्रबार, २२ मङ्सिर २०८०, २१ : ३७

गोरखा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत गोरखाको पालुङटारमा आज आयोजित कोणसभामा उनले देशमा रहेका सबै खालका समस्या समाधान गर्न आफ्नो पार्टी लागिपरेको बताए ।
उनले समृद्धिको सपना पूरा गर्न एमालेको नेतृत्वको एकल सरकार आवश्यकपर्ने समेत दाबी गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई समृद्धि बनाउन चाहेको बताउँदै समृृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यता रहेको औँल्याए ।
अभियानअन्तर्गत शनिबार बिहान अध्यक्ष ओलीले गोरखा जिल्लाका विभिन्न सवालबारे स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले गोरखाका सचिव काजीराम रोकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँ: श्रममन्त्री भण्डारी
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
-
वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
-
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै