हामी शान्तिपूर्ण आन्दोलनमा हुन्छौँ : गोपाल किराँती

विराटनगर । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका एक जना नेताले एमालेका नेताहरुलाई लक्षित गरेर आक्रामक अभिव्यक्ति दिएका छन् । एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेता गोपाल किराँतीले आक्रामक अभिव्यक्ति दिएका हुन् ।
खोटाङको सदरमुकाम दिक्तेलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै किराँतीले घुर्मीमा आफूहरु शान्तिपूर्ण आन्दोलनमा हुने तर एमाले आइलागे आफूहरुपनि चुप नलाग्ने अभिव्यक्ति दिएका हुन् ।
किराँतीले कोशी नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई निर्णय सच्याउने दबाब दिनका लागि निषेध गरिएको पनि बताए ।
‘जसले हस्ताक्षर गरे । उनीहरुलाई दबाब गरिरहेका हौँ । उनीहरुलाई दबाब दिनका लागि, हाम्रो कुरा सुनाउनका लागि कार्यक्रम गरिएको हो,’ उनले भने, ‘८२ सांसद जबर्जस्ती आए कालोमोसो दल्ने वा कालो झण्डा देखाउने काम हुन्छ ।’
किराँतीले पहिचानवादीलाई नै लक्षित गरेर एमालेले अभियान चलाएको दाबी गरे । ‘हामीलाई कुल्चनकै लागि यो अभियान चलाइएको हो । एमाले अध्यक्ष ओलीले दार्चुलादेखि हामीलाई गाली गर्दै आउनुभएको छ । अभियान चलाएको हो भने उहीँदेखि पहिचानवादी विरुद्ध किन बोल्दै आउनुपर्यो ?,’ किराँतीले प्रश्न गरे ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कोशी प्रदेश पहिचानवादीको बिर्ता नभएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।
नेकपा एमालेले मङ्सिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारी छ । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले पनि मङ्सिर २६ गतेदेखि उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालीन बन्द आह्वान गरेको छ । मङ्सिर २६ गते नै उदयपुरको घुर्मीमा एमालेले सञ्चालन गरेको अभियान पनि आइपुग्ने कार्यक्रम छ ।
दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्कामा प्रहरीले भने एकीकृत सुरक्षा योजना लागु गर्ने जनाएको छ । ‘एकीकृत सुरक्षा योजना अनुसार त्यहाँ सुरक्षा व्यवस्था लागु हुन्छ । नेपाल प्रहरी तैनाथ छ । जसको कार्यक्रममा पनि हामी सुरक्षा दिन्छौं,’ प्रदेशका प्रहरी प्रमुख डीआइजी राजेशनाथ बाँस्तोलाले भने ।
यसअघि सम्पादनका क्रममा असावधानीबस भएको त्रुटि सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच
-
मातातीर्थ कुण्डमा स्नान र दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’