पत्रकारलाई आक्रमण गरेको आरोपमा एक जना पक्राउ
विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
राय आक्रमण गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार दिउँसो मोरङको धनपालथानबाट पक्राउ हो ।
बिहीबार दिउँसो समाचार संकलन गर्न गएका देवानलाई विराटनगर महानगरपालिकामा बाहिर आक्रमण गरेका थिए । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि उनी विराटनगर महानगरपालिका पुगेका थिए ।
आन्दोलन गर्दै आएका समूहमध्ये रायले पत्रकार देवानलाई आक्रमण गरेका थिए । आक्रमणबाट उनको बायाँ हातमा चोटपटक लागेको छ ।
देवानले मोरङ प्रहरीमा अभद्र व्यवहारको मुद्दामा रायसहित दुई जनाविरुद्ध उजुरी दिएका छन् । उजुरी परेकामध्ये राय पक्राउ परेका छन् । अर्का एक जनाको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले बताए । रायलाई प्रहरीले आइतबार म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
-
पितृको सम्झनामा शिवालयमा छरियो शतबीज, तस्बिरहरू
-
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा
-
संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला
-
के हामीलाई कसैले सम्झँदा बाडुली लाग्छ ?
-
जनयुद्ध र संघीयताको विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा मतभेद, मसाल समूहको फरक प्रस्ताव