प्रधानसेनापतिको रोलक्रममा भएकाहरुको उमेर रक्षा मन्त्रालयले छानबिन गर्नुपर्छ : सांसद पन्त

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरुको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानबिन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधानसेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरुको उमेर सम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताए । उनले प्रधानसेनापतिको रोलक्रममा रहेकाहरु सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानबिन गर्नुपर्ने बताए ।
सांसद पन्तले नेपाली सेनाभित्रै छानबिन भएर क्लिनचिट पाएकाहरुको पनि उमेरमा कैफियत देखिएको उदाहरण दिँदै सेना भित्रको छानबिनले मात्रै नपुग्ने बताए । उनले अनावश्यक नेताहरुले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा