सर्वोच्चले अधिवक्ताको लाइसेन्स परीक्षा लिने बाटो खोलिदियो

सर्वोच्च अदालतले बार काउन्सिलले लिने अधिवक्ताको लाइसेन्स परीक्षाको बाटो खोलिदिएको छ । शुक्रवार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र विनोश शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।
नेपाल खुल्ला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेकाहरूले समेत अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै मनीषा गौतमले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् । सो रिटमाथि सुनुवाइ गर्दै मंसिर १९ गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै बार काउन्सिलले लिने परीक्षा स्थगित गर्न आदेश दिएको थियो ।
सो आदेशपछि शुक्रवार अन्तरिम आदेशको निरन्तरताका सम्बन्धमा भएको सुनुवाइमा अन्तरिम आदेशको निरन्तरता दिइरहनु आवश्यक नरहेको भन्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ ।
अल्पकालीन अन्तरिम आदेश खारेज भएसँगै अब अधिवक्ताको लाइसेन्स परीक्षा लिन बाटो खुलेको छ ।
सर्वोच्च अदालतको यसअघिको अल्पकालीन अन्तरिम आदेशका कारण शुक्रवार र शनिवार हुन लागेको बार काउन्सिलको परीक्षा स्थगित भएको थियो । अब काउन्सिलको बैठक बसेर परीक्षाका लागि नयाँ मिति तोक्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध