सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
शुक्रबार, २२ मङ्सिर २०८०, १० : ५१
![सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली](https://npcdn.ratopati.com/media/news/shanti-sena_qQ80WpW8pt.jpg)
काठमाडौँ । सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । बुधबार सिरियाको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १२ औँ डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) सातौँ डफ्फा, इन्जिनियर से.मु. (शान्ति सेना) आठौँ डफ्फा, लेबल १ (+) अस्पताल (शान्ति सेना) पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) चौँथो डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरू सेनानी नवराज नाथको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड बिमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
उक्त मिसनमा कार्यरत विभिन्न युनिटहरुका २३८ जना नेपाली शान्ति सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरेर प्रमुख सेनानी महेश कुमार सुवाल बाटाको नेतृत्वमा गएराति नै स्वदेश फिर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : श्रेष्ठ
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान